हेटौंडा । आगामी मंसिर ४ गते हुने निर्बाचनको लागि मकवानपुर क्षेत्र नम्बर २ को संघीय सांसद उम्मेदवारको निमित्त राप्रपा नेपालबाट पार्टीका महामन्त्री राजाराम बर्तौला सिफारिस भएका छन् ।
राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर–२ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।
यस अघि नै मकवानपुर–१ बाट पार्टी अध्यक्ष कमल थापालाई जिल्ला समितिले एकल सिफारिस गरिसकेको छ । साथै आजकै बैठकले प्रदेशको प्रत्यक्ष उम्मेदवारको रुपमा विभिन्न ब्यक्तिहरुलाई सिफारिस गरेको छ ।
मकवानपुर–१ “क“ बाट राजाराम अर्याल, बद्री कुँवर, कमल बिडारी “ख“ बाट दामोदर वाग्ने, प्रेमलाल श्रेष्ठ ,अर्जुन ढुंगाना यसैगरी मकवानपुर –२ “क“ बैकुण्ठ सुवेदी, रामु रिजाल, सरोज गुरागाँई “ख“ बाट राधाकृष्ण बिष्ट ,सुजेन्द्र ठकुरी र चन्द्रमान लामा सिफारिस भएका छन् । समानुपातिक तर्फ भोलि बस्ने बैठकले टुंगो लगाउने अध्यक्ष सापकोटाले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्