डहेटौंडा । मकवानपुर जिल्लामा भर्खरै सरूवा भएर आएका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले चुस्त, दुरुस्त र गुनासोरहित सेवा प्रदान गर्न प्रतिवद्व रहेको बताएका छन् । आज हेटौंडामा पत्रकारहरूसंग कुराकानी गर्दै सेवा प्रवाहमा चुस्त ढंगले लाग्ने बताए ।
उनले सहकार्य गरेर अगाडि बढ्ने बताउदै पत्रकारलाई खबरदारी गर्न आग्रह गरे । उनले शुसासन कायम गर्न प्रतिवद्व रहेको बताए । उनले राष्ट्रिय परिचयपत्र लिनका लागि लामो लाइन बस्नु पर्ने बाध्यता न्युनीकणा गर्दै लैजान बताउदै कर्मचारी अभाव रहेको बताए । ट्राफिक व्यवस्थापनका बिषयमा पनि थप जानकारी लिने बताए ।
कार्यक्रममा प्रशासकीय अधिकृत गुणराज न्यौपाने, पत्रकारहरू लगायतको सहभागीता रहेको थियोे ।












प्रतिक्रिया दिनुहोस्