हेटौँडा । हेटौँडा–६, मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको २३ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष सूर्यबहादुर घलानको सभाध्क्षतामा साधारणसभा कार्यक्रम भएको होे ।
साधारणसभाको बन्दसत्रले भानु प्रताप विडारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा हरि प्रसाद दाहाल, सचिवमा श्वेता लामा र कोषाध्यक्षमा सविना विक चयन भएका छन । यसैगरि सदस्यहरुमा निल प्रसाद पौडेल, मनोज परियार, नल बहादुर लम्साल, चन्द्र बहादुर भ्लोन र दुर्गा सापकोटा चयन भएका छन । लेखा समितिको संयोजकमा सुरज घलान चयन भएका छन ।
साधारणसभाको उदघाट्न कार्यक्रममा समूहका अध्यक्ष सूर्षबहादुर घलानले संस्थागत प्रतिवेदन सचिव रजनी गौतमले प्रगति प्रतिवेदन र लेखा संयोजक भानु प्रताप बिडारीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा समूहलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । सभामा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबंशी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय, हेटौँडाकी वन अधिकृत सविना रिजाल, डावर नेपालका एशोसियटस मेनेजर विष्णु केसी,सेवानिवृत कर्मचारी यदु कुमार घिमिरे, सञ्चारकर्मी भीमसेन पौडेल, डढेलो नियन्त्रणमा सहयोग गर्ने सुभाष वाईवालाई सम्मानित गरिएको थियो ।
साधारणसभामा हेटौँडा–६ का वडा सदस्य विजय पौडेल,सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय , मकवानपुरका वन अधिकृत दीपक अधिकारी , सव डिभिजन वन कार्यालय , हेटौँडाकी वन अधिकृत सविना रिजाल, डावर नेपालका एशोसिएट्स मेनेजर विष्णु केसी, चित्रेपानी सामुदायिक वन हेटौँडा–८ कि अध्यक्ष बाल कुमारी थापा, सल्लाहकार कुमार तिमल्सिना , शिव खनाल लगायतको आतिथ्यता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्