हेटाैँडा । थाहा नगरपालिकाको थानाबजार पुलको मुखबाट पालुङ हुँदै देउराली,चिसापानी,देउखेल चल्ती सडकको स्तरिकरणको कामको आरम्भ भएको छ। संघीय शहरी विकास मन्त्रालय मातहतको‘एलआइडिपो’ हेटौंडा मार्फत ठेक्का लागेको रु ४ करोड ३१ लाखको स्तरोन्नतिको शुभारम्भ नेपाली काङ्ग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पालुङको ठुलोबेसी फाटमा बिधिवत पुजा आजा गरेर शुभारम्भ गरेकी हुन् ।
थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली समेतले बिधिवत पुजाआजा सहित स्तरोन्नतिको शुभारम्भ गरेका हुन। नेपाली काङ्ग्रेसकी नेतृ समेत रहेकी उपाध्यायको बिशेष पहलमा संघीय सहरी बिकास मन्त्रालयले उक्त सडक स्तरोन्नतिको लागि बजेट व्यवस्था गरेको हो।
स्थानीय बिकास पुर्वाधार बिकास आयोजना कार्यालयलेले ४ करोड ३१ लाखको बजेट बिनियोजन गरेकोमा बि एन्ड पि निर्माणले ३ करोड ४७ लाख २५ हजार ७ सय ४७ रुपैयाँमा निर्माण गर्नेगरी ठेक्का पाएको छ। ३ खण्डमा कार्य गर्ने गरि ३२ किलोमिटर सडक स्तरोन्नतिमा आर सि सि ढलान,परमिक्स,ग्याभिन बाल लगायतको कार्य रहेको निर्माण व्यावसायि प्रदिप भट्टले जानकारी दिए। उनका अनुसार वडा न २,३ र ७ मा सडक स्तरोन्नतिको काम हुने छ भने २०८३ श्रावण ८ गते सम्ममा काम सम्पन्न गरिसक्नु पर्ने छ।
सडक स्तरोन्नति शुभारम्भ गर्दै नेतृ उपाध्यायले स्थानीय यातायातको सुविधा र विकासमा यो सडकले महत्वपूर्ण योगदान पुर्याउने बताउदै योजनाको सफल कार्यान्वयनमा सबैको सहयोगको आवश्यक रहेको बताइन् ।






















प्रतिक्रिया दिनुहोस्