हेटाैँडा । मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापस्थित कार्की खोलाले एक युवकलाई बगाएर बेपत्ता बनाएको छ शुक्रबार दिउँसो करिब ३ः३० बजे मकवानपुरगढी–७ सुकौरा तल्लो छापस्थित पसलबाट घरतर्फ फर्कँदै गरेका २५ वर्षीय विनोद बम्जन खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
होमपाइप राखेर आवतजावत गर्ने क्रममा अचानक खोलामा पानीको बहाव बढ्दा उनी बगिएको प्रहरीले जनाएको छ । घटनाबारे साँझ ५ बजे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक विरेन्द्र रायमाझीको कमाण्डमा पाँच जना प्रहरी टोली खटिएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
टोलीले स्थानीयवासीको सहयोगमा खोजतलास कार्य सुरु गरेको प्रहरीले जनाएको छ । उक्त स्थान इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ।












प्रतिक्रिया दिनुहोस्