हेटौँडा। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि हेटौँडा–११, सिमल्टारस्थित नेपाल अबुबकर मुसल्ला मस्जिद समितिले ७९ हजार ७८६ रुपियाँ सहयोग गरेको छ । समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई भौचर हस्तान्तरण गरेको हो ।
बाढी प्रभावितका लागि हेटौँडाका एक सय घरधुरीबाट रकम सङ्कलन गरिएको समितिले जनाएको छ । विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नुपर्ने भावनासहित मुस्लिम समुदायबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको समितिका अध्यक्ष महमद सहावदिन खानले जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा समिम खानलगायत जिल्लाका मुस्लिम अगुवाको सहभागिता रहेको थियो । अध्यक्ष खानले विपद्को समयमा समुदायको तर्फबाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले रकम सङ्कलन गरिएको बताए।












प्रतिक्रिया दिनुहोस्