हेटौँडा। कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट १२ जना शेयर सदस्य, विद्यार्थी तथा सञ्चारकर्मीलाई पुरस्कृत गरिएको छ ।
साधारणसभामा ज्येष्ठ शेयर सदस्य भूदेवी दाहाल र हिरालाल श्रेष्ठ, संस्थापक शेयर सदस्य श्रीराम कँडेल र भीमसेन पौडेल तथा एकल महिला सीतादेवी पराजुलीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी, बढी ब्याज बुझाउने राजकुमार बिडारी, बढी सेवा शुल्क बुझाउने भावना श्रेष्ठ, उत्कृष्ट व्यवसायी सुनिल श्रेष्ठ र उत्कृष्ट खुत्रुके बचतकर्ता बियान्स भण्डारी पुरस्कृत भएका थिए ।
सञ्चारकर्मी कपिल खड्कालाई पनि सम्मान गरिएको थियो । त्यस्तै, २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क हासिल गर्ने देविना सञ्जेल र विजनेश सञ्जेललाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष उदय बिडारीले संस्थागत प्रतिवेदन, उपाध्यक्ष केशव धितालले ऋण उपसमितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक पूर्णभद्र चौलागाईंले लेखा समितिको प्रतिवेदन र खुत्रुके उपसमितिकी सदस्य गोमा काफ्लेले खुत्रुके उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
हेटौँडा उपमहानगरपालिका–६ का वडाध्यक्ष एवं संस्थाका शेयर सदस्य विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष उदय बिडारीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा हेटौँडा उपमहानगरपालिका–६ का वडा सदस्य विजय पौडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घका अध्यक्ष रामहरि न्यौपाने, संस्थापक अध्यक्ष बासुदेव सापकोटा, निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली, पूर्वअध्यक्ष कुमारमणि दहाल, सल्लाहकार धनबहादुर गौतम, लक्ष्मीनारायण दुग्ध सहकारीका अध्यक्ष अर्जुनप्रसाद देवकोटा, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल र नारी चेतना साकोसकी कोषाध्यक्ष शर्मिला सिग्देललगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका कामु व्यवस्थापक राधा पराजुलीका अनुसार सहकारीको शेयर पुँजी ५२ लाख १३ हजार रुपैयाँ, निक्षेप दुई करोड ८८ लाख रुपैयाँ र ऋण लगानी तीन करोड आठ लाख रुपैयाँ रहेको छ । संस्थामा ५७९ जना शेयर सदस्य र १५३ जना बाल बचतकर्ता रहेका छन् ।


भीमसेन पौडेल 










प्रतिक्रिया दिनुहोस्