हेटौंडा । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजनामा बुधवार चौघडा बजारको सरसफाई गरिएको छ ।
स्वच्छ वातावरण स्वस्थ जीवन अन्तरगत हेटौंडा बजारको विभिन्न स्थानहरुमा सरसफाइ गरिएको सहायक वन अधिकृत बसन्तराज गौतमले बताए । यस अभियान अन्तरगत हेटौडाको बसपार्क, चिसापानी, कमाने लगायतका स्थानहरुमा सरसफाइ गरिएको हो ।
सरसफाई कार्यक्रममा हेटांैडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, स्थानीय, सञ्चारकर्मी, वनका कर्मचारी लगायतको सहभागिता रहेको थियो । वन कार्यालयले विभिन्न स्थानमा वृक्षारोपण र सरसफाईको कार्यक्रम गर्दै आएको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्