हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ३ सय ५० मिलिग्राम लागुऔषध खैरोहेरोइन सहित दुई जनालाई पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. १६ हटियामा बस्ने ३९ बर्षिय सुवास लामिछाने र वडा नं.७ बस्ने २८ बर्षिय बिकेश गौतमलाई पक्राउ गरेको हो ।
शंकास्पद अबस्थामा चेकजांच गर्ने क्रममा उनीहरुको साथबाट प्रहरीले लागुऔषध खैरो हेरोइन बरामद गरेको हो । दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्