हेटौडा । हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले क्याम्पस सुधारको लागि सबैको सहयोग आवश्यक भएको बताएका छन ।

शनिवार बंशगोपाल बहुमुखी क्याम्पस चौघडाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष दाहालले क्याम्पसलाई जिवन्त राख्न सबैले पहल पर्ने बताए विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएपछि क्याम्पसले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा नेकपा एमाले हेटौडा–६ का अध्यक्ष विश्वराज राई, नेपाली काङग्रेस हेटौडा–६ का सभापति रामहरि तिमल्सिना,टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुप्रसाद ढुङगाना, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष पूर्णभद्र चौलागाँई, सञ्चारकर्मी भीमसेन पोडेल लगायतकाले क्याम्पस सुधारको लागि विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए ।

क्पाम्पस सञ्चालक समितिका अध्यक्ष उज्वल चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लेखराज ढकाल, क्याम्पस प्रमुख लक्षमण कँडेल, टोल विकास संस्थाका पदाधिकारी, वन समूहका पदाधिकारी, शिक्षप्रेमी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

विद्यालयले स्नातक तह अन्तरगत शिक्षा र व्यवस्थापन विषयमा कक्षाहरु सञ्चालन गर्दै आएको छ ।