हेटौंडा । हेटौंडा अस्पतालको नयाँ भवनमा सेवा विस्तार गर्नका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले १४९ जना कर्मचारीहरु माग गरेको छ ।
प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नको लागि विभिन्न तहका १४९ जना कर्मचारीहरु माग गरेको हो । अस्पतालको नयाँ भवन निर्माणको काम सकिएको छ ।
यही भवनमा सेवा विस्तार गर्नका लागि थप जनशक्ति आवश्यक परेकाले १४९ जना कर्मचारी माग गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए ।













प्रतिक्रिया दिनुहोस्