हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यमा एमाओवादीका प्रेम बहादुर पुलामी छिन्तुले अग्रता कायम गरेका छन् ।

२० हजार ५१६ मत गणना गर्दा छिन्तुले ८ हजार ५४४ मत पाएका छन् । उनले एमालेका कमल बहादुर बिष्ट भन्दा १९ सय ७४ मतले अग्रता कायम गरेका हुन् । एमालेका बिष्टले ६ हजार ५७० मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर थापाले ४ हजार २९ मत पाएका छन् । अन्य उम्मेद्वारले यहाँ ३ भन्दा कम मत ल्याएका छन् । यस क्षेत्रमा ७३८ मत बदर भएको छ ।