हेटौंडा । मकवानपुर जिल्ला क्षेत्र नंं १ का प्रतिनिधी सभा सदस्य दीपक बहादुर सिहले महिला सक्षम भए मात्र देश सक्षम हुने बताएका छन् । हेटौंडा–६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै सिहले सो कुरा बताएका हुन् ।

आफूलाई प्रतिनिधी सभामा जिताएर मकवानपुरबासीले ठूलो सहयोग गरेकोमा खुशी हुँदै सिहले अव आफ समग्र मकवानपुरकोे विकासमा लाग्ने प्रतिवद्धता ब्यक्त गरे । साधारणसभामा संस्थाकी कार्यवाहक. अध्यक्ष राधिका गौतमले संस्थागत प्रतिवेदन, सचिव देव कुमारी डंगोलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शर्मिला ढकालले आर्थिक प्रतिवेदन, लेखा सदस्य श्रीदेवी दुलालले लेखा समितिको प्रतिवेदन र ऋण समिति सदस्य सविना गुरुङले ऋण उपसमितिको प्रतिवेदन र ब्यवस्थापक मोद कुमारी दहालले चालु आव ०७९÷०८० को लागि २ करोड ७४ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

सभामा ज्येष्ठ सदस्य हिरादेवी श्रेष्ठ, नियमित बचतकर्ता सृष्टि विक. असली कारोवारी धनमाया राई, बाल बचतमा सलमी रम्तेललाई पुरस्कृत गरिएको थियो । यसैगरी संस्थाको विकासमा सहयोग गर्ने पवित्रा अर्याल, कमला श्रेष्ठ, चण्डीका ढकाल र ज्ञानिन्द्र अर्याललाई समेत सम्मानित गरिएको थियो ।

संस्थाकी कार्यवाहक अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा सम्पन्न भएको भेलामा हेटौडा–६ का कावा अध्यक्ष विजय पौडेल, नारी चेतना केन्द्रकी संस्थापक अध्यक्ष प्रतिभा सुवेदी, नारीचेतना केन्द्रकी अध्यक्ष सृजना पौडेल,सचिव शान्ति लामा, कोषाध्यक्ष कल्पना बस्नेत, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, रानी सामुदायिक वनका सचिव नानीमाया रुम्वा, प्रगतिशिल महिला आपसी विकास संस्थाकी ब्यवस्थापक कल्पना पराजुली,सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी