हेटौंडा । मकवानपुर प्रहरीले चोरी भएको मोटरसाइकल र स्कुटर खोजी गरी सम्बन्धित धनीलाई फिर्ता दिएको छ ।
हेटौंडा–१०, बसपार्कस्थित स्वस्तिक होटल अगाडि पार्किङ गरी राखेको प्रकाश गौतमको नाममा रहेको बा प्र ०३–००४ प ९४६७ नम्बरको स्कुटर र हेटौंडा–४, कपुर कम्प्लेक्स अगाडि पार्किङ गरी राखेको राम बहादुर मोक्तानको नाममा रहेको २२० सीसीको अन–टेस्ट पल्सर मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएको भनी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको निवेदनका आधारमा प्रहरीले खोजी गरेको थियो । चोरी भएको मोटरसाइकल आइतबार हेटौंडा–४, कमलडाँडाबाट बेवारिसे अवस्थामा बरामद भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
स्कुटर भने प्रकाश गौतमकै साथीले शनिबार फिर्ता गरिदिएको प्रहरीले जनाएको छ । साथीले नै लिएर गएको भनी फिर्ता ल्याइदिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिएको प्रहरी प्रवक्ता कार्कीले बताए ।












प्रतिक्रिया दिनुहोस्