हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

बुधबार बिहान हेटौंडा बजारबाट भैसे तर्फ जादै गरेको बागमती प्रदेश ०३-००४ प २६८७ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३-००१ ज ०२१० नम्बरको सुमोसँग ठक्कर खादा मोटरसाइकल चालक भिमफेदी-१ किसेडी बस्ने २४ वर्षीय प्रकाश थिङ गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

गम्भीर घाइते चालकको थप उपचारका लागि भरतपुर पठाइएको र सुमो तथा चालक प्रहरी नियन्त्रणमा रहेको र सुमोमा सबार सबै सकुशल रहेको जनाइएको छ।