हेटौंडा । चार दिन लगातार घटेको शेयर बजार साताको अन्तिम दिन आज भने झिनो अंकले बढेको छ । नेप्से उकालो लागेको भएपनि कारोबार रकम भने सवा ३ अर्बमै समेटिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.३३ अंकले बढेको हो । ०.१२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७७९.९८ अंकमा उक्लिएको छ । आज २२४ कम्पनीका ६६ लाख ७५ हजार २ सय ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४.०२ रुपियाँ बराबरको कारोबार भएको छ ।

बजार बढेको दिन हाइड्रो, वित्त, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूह बढेका छन् भने बाँकी समूह राताम्मे भए ।

आजको बढी कमाउने र बढी गुमाउने कम्पनीहरु हेर्नुहोस् ।