हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको गुप्तेश्वरी टोल विकास संस्थाको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाकी अध्यक्ष गोमा लामिछानेले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष नानीमाया रुम्बाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष गोमा लामिछानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा टोल विकास संस्था नगर समन्वय समितिका सचिवालय सदस्य विष्णु प्रसाद ढुङगाना, टोल विकास संस्था हेटौडा–६ का अध्यक्ष केशव धिताल, सञ्चारकर्मी भीमसेन पौडेल, संस्थाकी उपाध्यक्ष सुभद्रा हुमागाई, सचिव अप्सरा अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । यो टोल विकास संस्थाले सामाजिक विकास निर्माण, महिला शसक्तीकरण, तालिम, गोष्ठी, अवलोकन भ्रमण, सरसफाई लगायतका कार्यहरु गर्दै आएको छ ।

२ सय १८ घरधुरी रहेको यो संस्थाले आव ०७८/०७९ सम्म करिव ४४ लाखको कारोवार गरेको संस्थाले जनाएको छ ।

Visited 78 times, 1 visit(s) today
भीमसेन पौडेल
थप जानकारी