हेटौँडा । हेटौँडा–२ सिद्धार्थ रोडस्थित पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोकुल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न १०औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शान्ताकुमारी बराल, सचिवमा दिनेश रिजाल र कोषाध्यक्षमा विक्रमकुमार सञ्जेल चयन भए । त्यसैगरी सदस्यमा चण्डिका गौतम, सिर्जना पण्डित, शिशिर सुवेदी, दीपक अर्याल र रिंकुकुमारी सिंह चयन भए ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा धर्मलाल राजथला चयन भएका छन भने समितिका बाँकी दुई सदस्य पछि मनोनयन गरिने संस्थाले जनाएको छ । साधारणसभामा संस्थाका अध्यक्ष भोजमान श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव डा. गोपीराम बन्जाराले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णभद्र चौलागाईंले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक चन्द्रावती पनेरुले लेखा समितिको प्रतिवेदन र ऋण उपसमिति संयोजक दिक्पाल तिमल्सिनाले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाका अवसरमा संस्थाको विकासमा योगदान पुर्याउने विभिन्न विधाका उत्कृष्ट सदस्य तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो । ज्येष्ठ शेयर सदस्यतर्फ कृष्णप्रसाद नेपाल र विष्णुमाया थिङ, असल बचतकर्तातर्फ शान्ति दाहाल तथा असल ऋणीतर्फ पूर्णकुमार श्रेष्ठ र निर्मला पाण्डे पुरस्कृत भए ।
त्यस्तै, असल कर्मचारीतर्फ ताराकुमारी भुजेल र बजार प्रतिनिधितर्फ निरमाया ब्लोन पुरस्कृत भएका थिए । २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने देविना सञ्जेल (जीपीए ४.००) र आदर्शकुमार चौरसिया (जीपीए ३.६९) लाई पनि सम्मान गरिएको थियो ।


भीमसेन पौडेल 
















प्रतिक्रिया दिनुहोस्