हेटौँडा । शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा हेटौँडा उपमहानगरपालिका–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले बालकेन्द्रित कार्यक्रम आयोजना गरेको छ ।
संस्थामा आबद्ध बाल बचतकर्तालाई लक्षित गरी चकलेट रेस, म्युजिकल चियर र घ्याम्पो फुटाई प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताअन्तर्गत चकलेट रेसमा अनुराग मिश्र प्रथम, कशिश श्रेष्ठ द्वितीय र दक्षता आचार्य तृतीय भए । त्यसैगरी, म्युजिकल चियरमा कशिश श्रेष्ठ प्रथम, आब्या मिश्र द्वितीय र शिशिर रिमाल तृतीय भए । घ्याम्पो फुटाई प्रतियोगितामा रिदम लामिछाने विजयी भए ।
सहकारीका उपाध्यक्ष श्यामप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति, सल्लाहकार, कर्मचारी तथा सेयर सदस्यहरूको सहभागिता रहेको थियो ।


भीमसेन पौडेल 












प्रतिक्रिया दिनुहोस्