काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । साताको दोस्रो दिन आज पनि बजार घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २९.९८ प्रतिशतले बजार घटेको हो । १.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५४२.२८ अंकमा ओर्लिएको छ । आज २३१ कम्पनीका ४९ लाख ५८ हजार ९ सय १४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८ सय १४ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार घटेको दिन आज सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी जीवन बीमा समूह ३४२.०६ अंकले घटेको हो । बजार घटे पनि २ कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको १० प्रतिशत र इनर्जी नेपाल लिमिटेको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । त्यस्तै आज आईसीएफसी फाइनान्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ४.८२ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज जीवन विकास लघुवित्तको उच्च कारोबार भएको छ । जीवन विकासको २२ करोड २४ लाख ७० हजार ३ सय ६७.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन आइतबार ४१.४३ अंकले बजार घट्दा ४ अर्ब ९८ करोड रुपियाँ बराबरको कारोबार भएको थियो ।