हेटौंडा । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार÷व्यवसाय गैरकानूनी भएको जनाएको छ ।

संघले एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानूनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो । त्यस्तो कारबोबार गरेको पाइए कानूनबमोजिम कारबाही हुने संघले प्रष्ट्याएको छ ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टो÷भर्चुअल करेन्सीलेको कारोबार अवैध हो । कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने स्वदेशी पुँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भइ नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ’, संघको सूचनामा भनिएको छ ।

पछिल्ला दिनमा क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङजस्ता गैरकानूनी कारोबार भइरहेको पाइएको छ ।
मंगलबारमात्र राजस्व अनुसन्धान विभागले क्रिप्टो करेन्सी कारोबारमा संलग्न अभियोगमा कैलालीका एकै परिवारका तीनसहित चार जनाविरुद्ध ३७ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी गरी मुद्दासमेत दायर गरेको छ ।

क्रिप्टोकरेन्सीलाई भविष्यको मुद्राको रूपमा विश्वबजारमा परिभाषा दिइन्छ । आखिर के हो क्रिप्टोकरेन्सी ,क्रिप्टोकरेन्सीले कसरी काम गर्छ, केही चर्चित क्रिप्टोकरेन्सी, यसको प्रयोगको फाइदा, बेफाइदा तथा नेपालमा यसको कानुनी अवस्थाका बारेमा संक्षिप्तमा

सबैभन्दा पहिलो क्रिप्टोकरेन्सी बीटकोइन हो । यस्को सुरुवात सन् २००९ मा सुरुभएको थियो जसलाई इन्जिनियर सतोषी नाकमोतोले बनाएका थिए । क्रिप्टोकरेन्सी एक डिजिटल मुद्रा हो जसको उपयोग हामीले अन्य मुद्राको जस्तै गर्न सक्छौ । यो कम्प्युटर ऐल्गरिदम मा बनेको हुन्छ र पिएर टू पिएर बिद्युतिय प्रबिधिमा काम गर्दछ । यस्को नियन्त्रण कुनै पनि निकाय सँग हुँदैन र यसको मुख्य विशेषता नै यो बिकेन्द्रीक्रीत हुनु हा त्यसैले यस्लाई स्वतन्त्र मुद्रा पनि भन्ने गरिन्छ । यसमा कुनैपनि सरकार र बैंक को जानकारी बिना कारोबार गर्न सकिने हुँदा केही व्यक्तिहरूले यसको गलत कार्यकोलागी प्रयोग हुन सक्ने बताउँछ । क्रिप्टोकरेन्सीमा ब्ला‘कचेन टेक्ननोलोजीमा कारोबार हुने हुँदा हामिले गरिने प्रत्येक कारोबारलाई डिजिटल सिग्नेचर द्वारा प्रमाणित गरिने हुँदा यसको विश्वसनीयता बढेको हो ।

पहिलो क्रिप्टोकरेन्सी बीटकोइन हो ।
१.बीटकोइन(BTC)
२.ईथेरीएम(ETH)
३.रिपल(XRP)
४.थेटेर(USDT)
५. लाइटकोइन (LTC)

क्रिप्टोकरेन्सीले कसरी काम गर्दछ ?
क्रिप्टोकरेन्सी ब्ला‘कचेन टेक्ननोलोजीमा आधारित हुन्छ अर्थात् यसमा हुने हरेक कारोबारहरुलाई एंट्री गरी रेकर्ड राख्ने गरिन्छ । यी कारोबारहरुको तथ्याङ्कलाई शक्तिशाली कंप्युटरहरुद्वारा सुरक्षित रूपमा व्यवस्थापन गरी निगरानी गर्ने प्रक्रियालाई क्रिप्टोकरेन्सी माइनिंग भनिन्छ ।

जब कुनै माध्यमबाट क्रिप्टोकरेन्सीको कारोबार हुन्छ तब उक्त कारोबारको सम्पूर्ण जानकारी एक ब्लकमा इन्ट्री हुन्छ र यस्ता धेरै करोबारहरु प्रक्रियागत रूपमा धेरैवटा ब्लकमा राखिन्छ र ती ब्लकहरु मिली चेन बनाउँछन् । कुन कारोबारलाई कुन ब्लकमा राखिएको छ भन्ने कुरा सिधै पत्ता लगाउन असम्भव नै हुन्छ । कुन कारोबार कुन ब्लकमा छ भनी पत्ता लगाउन विशेष कोडको आवश्यकता पर्दछ । यी सबै ब्लकहरुको सुरक्षा तथा एन्क्रिप्शनको काम माईनर्सहरुको हुन्छ । यसको लागि उनीहरूले विशेष किसिमको क्रिप्टोग्राफिक जटिलताको समाधान गरी ब्लकको लागि उचित क्रिप्टग्राफिक ह्यास (विशेष कोड) खोजी गर्छन् ।

जब माइनर्सहरुले उपयुक्त क्रिप्टग्राफिक ह्यास कोड प्राप्त गर्छन र ब्लक लाई सुरक्षित गर्छन तब उक्त ब्ला‘क लाई ब्ला‘कचेनमा जोडिन्छ र उक्त नेटवर्क मा जोडिएका अन्य नोट (कम्प्युटर) हरु द्वारा त्यस डाटालाई भेरीफाइ गरिन्छ यस प्रक्रियालाई कनसेनसोस भनिन्छ ।
जब कनसेनसोस मा ब्लक सिक्युर भएको जानकारी प्रमाणित हुन्छं तब यस प्रक्रिया सवै भन्दा पहिला पुरा गर्ने माइनर्स लाई सोही क्रिप्टोकरेन्सी उपहार दिने गरिन्छ जुन उपहार लाई प्रूफ अफ वर्क भनिन्छ ।

किन बढिरहेको छ क्रिप्टोकरेन्सीको प्रयोग ?
हालको समयमा संसारभरमा यसको प्रयोग निकै बढेको पाइन्छ र प्रायः धेरै युवाहरू यशबारेमा छलफल गरेको पाइन्छ । विज्ञहरुले सन् २०३५ सम्म ३०५ भन्दा बढी राष्ट्रहरूको मुद्रा क्रिप्टोकरेन्सीले विस्थापन गर्ने बताउँदै आएका छन् यहाँ हामी केही विषयमा बुझ्ने छौ ।

मानवीय हस्तक्षेप भन्दा बाहिर
यो पूर्ण रूपमा बिकेन्द्रीक्रीत प्रणालीमा काम गर्ने र यसअन्तर्गत सबै लेखाजोखा कंप्युटरप्रबिधि मा हुने हुँदा यस्मा कतैबाट पनि मानवीय हस्तक्षेप हुँदैन । क्रिप्टोकरेन्सी आफैमा स्वतन्त्र मुद्रा हुने हुँदा कुनै पनि नीति नियमले प्रत्यक्ष रूपमा असर देखाउँदैन । राष्ट्रभित्र हुने मौद्रिक तथा आर्थिक घोटालाका कारण मूल्य ह्रास हुने सम्भावना सुन्य हुने हुँदा यसको प्रयोगको लोकप्रियता बढेको पाइन्छ ।

कारोबारमामा सहजता तथा पारदर्शी कारोबार
कुन क्रिप्टोकरेन्सी जम्मा कति माइन हुने भन्ने कुरा सुरुवातमा नै निर्धारण गरिएको हुन्छ । राष्ट्रहरूले आफू खुसी मुद्रा बजारमा ल्याउन पाउँछन् भने यस्मा यो पूर्वनिर्धारित भएको हुन्छ र निश्चित आँकडा भन्दा बढी बजारमा आउँदैन त्यसैले यसको भ्याल्यू बजारमा सोही प्रकारले थपघट भइरहेको हुन्छ क्रिप्टोकरेन्सी वैधानिकता पाएको देशबाट सहजै कारोबार गर्न सकिन्छ भने पछिल्ला केही वर्षको तथ्याङ्कलाई हेर्दा यसमा लगनिगर्ने हरुले राम्रो लाभ उठाएको देख्न सकिन्छ । क्रिप्टो करेन्सीको प्रयोगमा बृद्धि भएको देशहरूमा ब्ला‘कचेनमा आधारित धेरै सफ्टवेयर निर्माण गरिएको पाइन्छ जसले आर्थिक पारदर्शितामा सहयोग पुर्याएको दाबी गरिएको छ ।

सुरक्षित कारोबार
क्रिप्टोकरेन्सी तथा ब्ला‘कचेनको अध्ययन गर्दै आएका विषेशज्ञहरुले क्रिप्टोकरेन्सी लाई ह्याक तथा म्यानीपुलेट असम्भव रहेको दाबी गर्दै आएका छन् । ब्ला‘कचेनटेक्ननोलोजी मा यस अन्तर्गतका तथ्याङ्क हरुलाई एन्क्रिप्शन गरी सार्वजनिक रूपमा राख्ने गरिन्छ जसले अन्य किसिमका घोटालाहरुलाई न्यूनीकरण गर्दछ । ब्ला‘कचेनमा राखिने तथ्यांकहरुलाई प्रत्येक कारोबारमा निगरानी गरिन्छ र प्रत्येक कारोबार पछि अपडेट हुन्छ् । अपडेट भने प्रबिधि अनुसार हुन्छ जस्तैः बीटकोइन १० मिनेटको अन्तरालमा अपडेट हुन्छ त्यस्तै ईथेरीएम प्रत्यक १५ सेकेण्डमा अपडेट हुन्छ भने नयाँ ब्ला‘कचेनहरु १–१ सेकेण्डमा अपडेट हुन्छ जसले प्रयोगकर्ताको सुरक्षालाई बढाउँछ साथै अपडेट भएको डाटा सार्बजनिक नेटवर्कमा बिशेष कोड को रूपमा सार्वजनिक रखिन्छ ।

Visited 183 times, 1 visit(s) today
अनिरुद्रखबर संवाददाता
थप जानकारी