हेटौँडा । प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा विशाल अधिकारी सर्वसम्मत चयन भएका छन् ।
प्रलेसको शनिबार हेटौँडामा भएको नवौं जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितीको उपाध्यक्षमा लिला उर्वशी, सचिवमा गायत्री सुवेदी, सह–सचिवमा रमेश अविरल तथा कोषाध्यक्षमा विधान आचार्य सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै समितिको सदस्यहरुमा राजकुमार चौधरी, निलहरि ढुङ्गेल,सुर्यबहादुर गोले, विक्रम घलान, मनोज मोक्तान चयन भएका छन ।
प्रतिक्रिया दिनुहोस्