पुष माघ महिनाको धैरैको प्यारो सखरखण्ड व्यवसायिक खेतीको रुपमा लिने धैरै जना कृषि उद्यमीहरु हुनुहुन्छ । हुनत सखरखण्ड उत्पति मध्ये अमेरिका र उत्तर अमेरिकाको उत्तरी भेगमा भएको मानिन्छ । सो क्षेत्रमा यसको खेती धेरै शताब्दी अगाडिबाट गरिएको तथ्य पाईन्छ । त्यसै गरि १६ औँ शताब्दी तिर यो विरुवालाई अफ्रिकाबाट युरोपमा ल्याई खेती गर्न थालिएको थियो । आजको समयसम्म आईपुग्दा सखरखण्डको खेती धेरै उष्ण र नातिउष्ण क्षेत्रमा गरिएको छ । नेपालमा भने सखरखण्डको खेती कति क्षेत्रफलमा र कुन कुन क्षेत्रमा लगाईन्छ भन्ने यकिन तथ्याङ्क नभएता पनि धादिङ, काभ्रे, सप्तहरी, सिराहा, सुनसरी, बाँके, बर्दिया, गोर्खा र तनहुँ जिल्लाहरुमा कृषकहरुले फाटफुट रुपमा लगाइएको पाइएको छ । हाम्रो आन्तरिक उत्पादनले नपुगेको कारण देशको प्रमुख तरकारी बजार कालिमाटीमा भारतबाट आयात भएको सखरखण्ड प्रशस्त मात्रामा बिक्री भइरहेको पाउन सकिन्छ ।

हावापानी
सखरखण्डलाई कम्तीमा वर्षको ४ देखि ५ महिना गर्मी र आद्र्र हावापानीमा भएको स्थान चाहिन्छ । करिव २२—२८ंअ मा सखरखण्ड खेती राम्रो सँग फस्टाउँछ । वार्षिक ७५—१५० से.मि वर्षा सखरखण्ड खेतीको लागि उत्तम मानिन्छ । नेपालमा यसको खेति तराई देखि मध्य पहाड सम्म गर्ने गरिन्छ । यसलाई १५००—१७०० मिटर उचाई भएको ठाउँहरुमा ग्रिष्म ऋतुमा लगाईने गरिन्छ । यसले तुसारो र हिउँभने खप्न सक्दिैन ।
माटो

सखरखण्डलाई पि.एच ५.६—६.६ भएको दुमट वा बलौटे माटो उपयुक्त हुन्छ । धेरै चिम्टाइलो माटोमा गानो राम्रो सँग बढ्न पाउँदैन । सिंचाइको व्यवस्थापन भएको, उर्वरा शक्ति कम भएको माटोमा पनि सखरखण्डको खेती गर्न सकिन्छ । सिंचाईको व्यवस्था भएको ठाँउमा पानीको राम्रो विकास दिनुपर्छ, नभए खेतमा पानी जमेमा गानो कुहिने रोग देखिन सक्छ ।
जग्गाको तयारी २ ३ पटक गहिरो खनजोत गरी राम्रो सँग सम्याउनु पर्दछ । यो माटो मुनीफल्ने हुनाले माटोको गहिरार्य कम्तीमा ३० से.मि पुग्ने गरि खनजोत गर्नु पर्छ जसले गर्दा गानो र जराको राम्रो सँग वृद्धि हुन्छ ।

बिरुवा (बीउ) को तयारी

सखरखण्डको प्रसारण प्रायः वानस्पतिक प्रसारबाट नै गरिँदै आएको छ । मुख्यतया लहराको कटिङबाट र सखरखण्डको जरहरु आदिबाट प्रसारण गरिन्छ । बेर्ना उत्पादन गर्न छानिएका लहराबाट २०—३० से.मी. (३ आख्ला) निकाली नर्सरीमा सारिन्छ र सोहि कटिङ नसैरीबाट लिई मुख्य खेती गरिने जमिनमा सारिन्छ ।
रोप्ने तरिका प्रायजसो सखरखण्डलाई आली, ड्याङ अथावा कुलेसो बनाएर रोप्ने गरिन्छ । एउटा आलीबाट अर्को आलीको दुरि ७५—३० से.मी. र ३०–४० से.मी. अग्लो हुनुपर्छ । नर्सरीमा उत्पादन गरेको कटिङलाई आलीमा छड्के कोण बनाएर रोपिन्छ ।

आली देखि आलीः ९० से. मी.
बिरुवा देखि विरुवाः ३० से.मी विरुवाको दर करिव ९० से.मी आली बिच र ३० से मी विरुवा बिचको दुरिको लागिप्रति हेक्टर ३७००० कटिङ चाहिन्छ ।

लगाउने समय

यसलाई प्रायजसो वर्षै भरि लगाउन सकिन्छ । तराईमा फाल्गुण, चैत्र र भाद्र, असोजगरि वर्षमा दुई पटक लगाउन सकिन्छ । मध्ये पहाड र तल्लो पहाड क्षेत्रमा फाल्गुण देखि असारसम्म लगाउन सकिन्छ ।
सिंचाई
कटिङ सार्नु भन्दा अगाडि जग्गालाई हल्का सिंचाई गर्नु पर्दछ । त्यसपछि प्रत्येक ७–१० दिनको अन्तरमा सिंचाई गर्नु पर्दछ । सखरखण्ड खन्नु १ हप्ता अगाडिबाट सिंचाई बन्द गर्नु पर्दछ । पानीको निकासको राम्रो प्रबन्ध मिलाउनु पर्छ ।
गोडमेल तथा झार नियन्त्रण
रोपेको करिब २ हप्ता र ५ हप्ता पछाडिझार नियन्त्रण गरि सखरसण्डको जरामा माटोको उप्केरा लगाउनु पर्दछ । विरुवा सानो छँदा झारपात हटाउँदै जानुपर्छ र विरुवाको लहराले जमिनको सतह ढाकेपछि झारपातआफैँ नियन्त्रण हुँदै जान्छ ।
रोग र किराहरु

  • किराहरुः किराहरुमा आलुमा लाग्ने लाही किरा, खपटे सेतो पुतलीआदि देखा पर्ने गरेको पाईन्छ ।
  • रोगहरुः गानो कुहिने रोग

बाली लिने
रोपेको करिव करिव ४(१२० दिन) महिनामा खन्न तयार हुन्छ । जब पातहरु खैरो, पहेलो हुँदै जान्छन् तब गानो खन्ने बेला भयो भन्ने बुभ्mनु पर्छ । खन्नु पूर्व यसका लहराहरु काटेर हटाउने र हल्का सिंचाई दिनाले खन्न सजिलो हुन्छ । सखरखण्ड खन्दा नकाटिने उपायहरु अबलम्वन गरि खन्नु पर्दछ ।
उत्पादन
खेती गर्ने तरिका र जातको आधारमा करिब २०–२५ टन प्रति हेक्टर उत्पादन हुन्छ । सामान्यतया सिंचाईको व्यवस्था भएको ठाउँमा उत्पादन राम्रो हुने गर्दछ ।

सखरखण्डका स्वास्थ्य लाभहरु

  • यसमा भिटामिन बि ६ को मात्रा धेरै हुन्छ ।
  • सखरखण्ड भिटामिन सि र डी को राम्रो श्रोत हो ।
  • सखरखण्ड पोटासियमको राम्रो श्रोत हो ।
  • आँखाको स्वास्थ्यको लागि सखरखण्ड राम्रो श्रोत हो ।
  • मुटु रोगी, मधुमेह लागेकालाई यो उत्तम आहारा हो ।
  • यसमा धेरैमात्रामा खनिजपदार्थहरु पाईन्छन् जस्तै फलाम, म्याग्नेसियम , क्याल्सियम आदि
    क्यारोटिनहरु धेरै भएकाले यसले क्यान्सर लाग्नबाट जोगाउँछ ।