हेटौंडा । दोस्रो संस्करणको विजय युथ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक विजय युथ क्लबले जितेको छ । शुक्रबार पिप्ले क्याम्पा रंगशालामा भएको फाइनलमा विजय युथले पदमपोखरी युनाइटेडलाई २–१ ले हराउँदै उपाधि जितेको हो ।
बिजय युथलाई उपाधी दिलाउनका लागि हिसुब थपलिया नायक बने । खेलको अन्तिम समयमा थपलियाले दुई गोल गर्दै साबिक बिजेता समेत रहेको बिजय युथले उपाधि रक्षा गर्यो । फाइनल खेलमा निर्णायक बनेका हिसुब थपलिया म्यान अफ द म्याच समेत चुनिए ।
उपाधी विजेता विजय युथले ट्र्फिसहित नगद २ लाख हात पार्यो भने उपविजेता पदमपोखरीले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विधातर्फ विजय युथका हिसुब थपलिया प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार र ५ लाख बराबरको जीवन बिमा प्राप्त गरे ।
त्यस्तै उत्कृष्ट गोलरक्षक विजय युका सुरज भ्लोन, उत्कृष्ट डिफेन्डर पदमपोखरीका सुरज बिष्ट, उत्कृष्ट मिडफिल्डर विजय युथका रुपेश केसी, उत्कृष्ट फरवार्ड विजय युथका अजयी मार्टिन्स र उत्कृष्ट प्रशिक्षक ज्ञानु क्षेत्री घोषित भए । विद्यागततर्फ उत्कृष्ट घोषित भएका खेलाडी र प्रशिक्षकले जनही ५÷५ हजारसहित ट्रफी हात पारे ।












प्रतिक्रिया दिनुहोस्