हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा–नम्बर ४ ले जिल्लामै पहिलो पटक जिल्ला स्तरीय खुल्ला क्रिक्सल प्रतियोगिता गर्ने भएको छ ।

हेटौंडा–४ स्थित हेटौंडा फुटसल मैदानमा हुने क्रिकेट खेल यही असोज २८ घटस्थापना देखि सुरु भई भोलिपल्ट २९ गतेसम्म हुनेछ । आयोजकका अनुसार प्रथम पुरस्कार २५ हजार रुपैयाँ र द्धितिय पुरस्कार १५ हजार रुपैयाँ राखिएको छ । खेलमा कुल खर्च १ लाख ५५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष नवीन सिग्देलले क्रिकेट खेललाई प्रर्वद्धन गर्नका निमित्त वडाले क्रिक्सलको आयोजना गर्न लागेको बताए । यूवाहरुलाई सम्भावित र्दुव्यसनीबाट टाढा राख्न र मनोरञ्जनात्मक क्रियाकलाप प्रति उत्प्रेरित गर्न वडाले यूवा विशेष खेलको आयोजना गर्न लागेको उनको भनाई छ । शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रहरु मात्र नभएर खेलकुदलाई पनि संगै लैजानु आजको आवश्यक्ता भएको उनको भनाई थियो ।