हेटौंडा । मकवानपुरे खेलाडी अञ्जन विष्टले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो गोल संख्या १३ पुर्याएका छन् ।
दशरथ रंगशालामा विश्वकप छनोटअन्तर्गत लाओससँग भइरहेको खेलमा नेपाली राष्ट्रिय टिमका फरवार्ड अञ्जन विष्टले बराबरी गोल गर्ने क्रममा आफ्नो कीर्तिमानी गोल गर्न सफल भएका हुन् ।
अञ्जनको आजको गोलसँगै अन्तर्राष्ट्रिय खेलमा पूर्वराष्ट्रिय खेलाडी निराजन रायमाझी र हरि खड्कासँगको गोल संख्यामा बराबरी भएको छ ।


















प्रतिक्रिया दिनुहोस्