हेटौंडा । ३ किलोमिटर महिला खुल्ला दौड प्रतियोगिताको उपाधि अमृता मुक्तानलले जितेकी छिन । निर्धारित दूरी १२ मिनेट ४३ सकेण्डमा पुरा गर्दै अमृता विजेता बनेकी हुन । उनले ट्रफी, प्रमाणपत्र सहित नगद १० हजार रुपैयाँ हात पारेकी छिन् ।

प्रतियोगितामा रितिका तिमल्सिना द्धितिय र लक्ष्मी थिङ तृतिय भएकी थिइन । उनीहरुले क्रमशः १२ मिनेट ५४ सकेण्ड र १३ मिनेट २३ सकेण्डमा दुरी पार गरेका थिए ।

समानताको लागि दौड भन्ने मुल नाराको साथ आयोजना भएको प्रतियोगितामा द्धितिय र तृतियले क्रमशः नगद ७ हजार र ४ हजार सहित प्रमाणपत्र, मेडल एवं खेल सामाग्री प्राप्त गरेका थिए । हेटौंडा—४ हुप्राचौरको उत्तरगेटबाट शुरु भएकोे दौड सितलमहल चोक, पुर्वीगेट हुँदै पुनःखेलमैदानमा आएर टुंगिएको थियो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल राष्ट्रिय खेलकुद महासंघ मकवानपुरको आयोजनामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बागमती प्रदेशकी पुर्व सामाजिक राज्यमन्त्री जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटि सदस्य धरम लामा, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, वडा नम्बर—४ का वडा अध्यक्ष नविन सिग्देल, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, अनेम संघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्ले, नेकपा एमाले जिल्ला सदस्य तथा मदनभण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य सानु लामा, मदनभण्डारी स्पोर्टस एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगायतको सहभागिता रहेको मनिषमान श्रेष्ठले जानकारी दिए ।