हेटाैँडा । शुभ दिपावलीको अवसर पारेर हेटौंडा उपमहानगरपालिका ९ का टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । आउँदो १५ गते लक्ष्मीपुजाको दिन समापन हुने गरी सञ्चालन भएको प्रतियोगिताको हेटौंडा उपमहानगरपालिका ९ नम्बरका अध्यक्ष सुकराम केसीले उद्घाटन गरेका हुन् ।
मानवेश्वर युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा शान्तिटोलले बिजयी सुरुवात गरेको छ । निर्धारित २० भोरमा १५२ रनको बिजय लक्ष्य दिएको स्थानिय धापटोललाई पखा लगाउँदै ९ बिकेटको क्षतीमा शान्तिटोलले बिजयी सुरुवात गरेको हो ।
स्थानिय ६ वटा टोलबिकास सस्थाको सहभागिता रहेको प्रतियोगिताको बिजयीले ३० हजार रुपियाँ नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक मानवेश्वर क्लबका कार्यक्रम संयोजक एन्जल अधिकारीले जनकारी दिए । प्रतियोगिताको द्धितियले नदल १५ हजार रुपियाँ प्राप्त गर्ने छन् । हेटौंडा सिमेन्ट उद्योगको मैदानमा जारी प्रतियोगिताको उद्घान सत्र सुशान्त थापा मगरको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्