हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा भेष खड्गी नियुक्त भएका छन ।

उनलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले नियुक्ति दिए । शुक्रवार पिप्ले क्याम्पा रंगशालामा भईरहेको प्रदेश स्तरीय खेलकुल प्रतियोगितामा हजारौं दर्शकको सामु नियुक्ति पत्र हस्तान्तरण गरिएको थियो ।

नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य खड्गी यसअघि जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन ।

बागमती प्रदेशको ११ वटा जिल्लामा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले सत्ता गठबन्धनमा रहेका दलहरुलाई भागबन्डाको आधारमा काठमाडौं र भक्तपुरबाहेकका जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । जसअनुसार माओवादी केन्द्रका ६, कांग्रेस ३ र नेकपा एसबाट दुईजना नियुक्त भएका छन् ।

खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार चितवन उत्तम गुरुङ, धादिङ प्रतापसिं तामाङ, नुवाकोट बुद्धिमान तामाङ, रसुवा दावा तामाङ, ललितपुर विनोद महर्जन, काभ्रे मानबहादुर लामा, सिन्धुपाल्चोक सुदेश राना, दोलखा रामहरि शिवाकोटी, रामेछाप सरोज गागा मगर तथा सिन्धुलीमा वीरबहादुर थिङ नियुक्त भएका छन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्षको पदावधि २ बर्षको हुनेछ ।