हेटौंडा । चैत २० गते आइतबारदेखि सुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएकोले प्रतियोगिता आयोजना गर्न नसकिने भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि पाँचौं संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

बिहीबार नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले एक सूचना जारी गर्नुहुँदै प्रतियोगिता स्थगित गरिएको जानकारी गराए ।