काठमाडौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई नगद पुरस्कार दिने भएको छ ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उपाधि विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख दिने निर्णय भएको हो ।
बंगलादेशको ढाकामा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले सेन्ट्रल जोन महिला भलिबलको उपाधि रक्षा गरेको थियो । उपाधि विजेता नेपाली टिम भोलि (बिहीबार) स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्