काठमाण्डाै ।  मरिसससँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले टिकटको मूल्य सार्वजनिक गरेको छ ।

दशरथ रङ्गशालामा हुने खेलका लागि भीआईपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ शुल्क तोकिएको एन्फाले जनाएको छ । कोरोना महामारीको जोखिमलाई ध्यान दिएर रङ्गशालाको क्षमताको एक तिहाइ मात्रै दर्शकलाई प्रवेश अनुमति दिइनेछ । दर्शकले अनिवार्य पूर्ण मात्रा खोप लगाएको र स्वास्थ्य मापदण्ड पालना गरेको हुनुपर्नेछ ।

नेपाल र मरिससबीच १५ गते शनिवार र १८ गते मङ्गलवार मैत्रीपूर्ण खेल हुँदैछ ।

साभार उज्यालो अनलाइन