हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

मनहरी गाउँपालिका वडा नम्बर–३ को महेन्द्र ज्योति माध्यमिक बिद्यालयका शिक्षक दिनेश उप्रेती आफैँले अध्यापन गराउँदै आएको छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

शिक्षक उप्रेतीले यौन दुव्यवहार गरेको भन्दै छात्राले उजुरी दिएपछि मकवानपुर प्रहरीले पक्राउ गरेको थियो । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीका अनुसार असार १६ गते आफुमाथि यौन दुर्व्यवहार भयो भनी १३ वर्षीया बालिकाले विद्यालयका प्रधानाध्यापकलाई निवेदन दिएकी थिइन् । पीडित बालिकाले निवेदन दिएपछि विद्यालयमा छलफल भइ ईलाका प्रहरी कार्यालय लगिएको थियो ।

शिक्षकलाई हिरासतमा राखी दुव्र्यवहार घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।