हेटौंडा । मकवानपुर प्रहरीले कैलाश र राक्सिराङ गाउँ पालिकामा लगाएको लागुऔषध गाँजा र अफिम खेती फडानी गरेको छ ।

मकवानपुर प्रहरीले गाँजा र अफिम खेती फडानी गर्ने अभियान अन्र्तगत माघ २१ गतेबाट २३ गते अर्थात दुईदिनसम्म २९ बिगाह १० कठ्ठा क्षेत्रफलमा गरिएको गाँजा खेती र २१ बिगाहमा लगाइएको अफिम फडानी गरेर नष्ट गरेको हो ।

लागुऔषध व्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सशस्त्र प्रहरी गण राटोमाटेबाट प्रहरी निरीक्षक सहित खटिएको करिब १५० जनाको प्रहरी टोलीले फडानी गरेर नष्ट गरेको थियो ।