हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ ।
अन्तराष्ट्रिय सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेको हो । कार्यक्रममा बनकरियाका २३, चेपाङका १४, तामाङका ४ गरी ४१ बालबालिकालाई स्टेशनरी र विद्यालय पोशाक बितरण गरिएको हो । संस्थाले बालबालिकालाई ब्याग, जुत्ता, कपी, पेन्सील, डटपेन, क्याल्कुलेटर, ज्यामिती बक्स प्रदान गरिएको थियो भने पुस्तकालयका लागि किताब ¥याक, चकटी ३० वटा, टेबल ४ वटा, कार्पेट र सूचना पाटीका लागि सेतो बोर्ड प्रदान गरेको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिकाकी कार्यपालिका सदस्य मिरा खत्री, राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चकी संस्थापक अध्यक्ष रश्मी थापा मगर, उपाध्यक्ष यशोकान्ती भट्टचन, विसम्बरा तामाङ महिला कृषक समूह शंखरापुर काठामाडौंकी अध्यक्ष जुनिता स्याङ्तान, कार्यक्रम संयोजक सरस्वती शेर्पा लगायतको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्