हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध फडानी गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

अभियान अन्र्तगत प्रहरीले राक्सिराङ गाउपालिका वडा नम्बर ४,५,७,८,९ र कैलाश गाउपालिका वडा नम्बर ४,७,८ नम्बर वडाको ९० बिगाह क्षेत्रफलमा लगाईएको अवैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरेको दाबि गरेको छ ।
गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्यालयबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको ६३ जनाको प्रहरी टोलीले लागुऔषध फडानी गरेको थियो ।