हेटौंडा । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल कैलाश गाउँपालिकाको प्रथम अधिबेशन भएको छ । अधिबेशनले कैलाश गाउँपालिकाको अध्यक्षमा सन्तोश थिङको अध्यक्षतामा ५१ सदस्यीय पालिका कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्ष नवराज मुक्तान,सचिव आयुष थोकर,उपसचिव अमृत बर्तौला चयन भएका छन् । कमिटी सदस्यहरु प्रकाश विष्ट,राम बहादुर थोकर,विष्णु कुमार स्याङतान,युवक थोकर,प्रेम मुक्तान,आयुष थोकर,दल बहादुर थोकर,छविलाल नृगी,राजकुमार थोकर,कुमार घलान,देविलाल मुक्तान,प्रसंन्न स्याङतान, श्याम स्याङतान, झलक लोप्चन,विशाल थिङ,सन्तोश थिङ,कुमार प्रजा,धन बहादुर योञ्जन,कृष्ण बहादुर थोकर,बेल बहादुर रुम्बा लगायत रहेका छन् ।

युवा संघ कैलाश गाउँपालिकाका संयोजक अर्जुन बर्तौलाको सभाध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेशका उपसचिव महेश बर्तौलाको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

Visited 221 times, 1 visit(s) today