हेटौंडा । भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण तथा अव्यवस्थित बसोबासीको ब्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोग र बकैया गाउँपालिका मकवानपुर बिच कार्य सहमति पत्र हस्ताक्षर र आदान प्रदान कार्यक्रम भएको छ ।

राष्ट्रिय भूमि आयोग र स्थानीय तह बकैया गाउँपालिका बिच कार्य सहमति पत्रमा काठमाडौंमा हस्ताक्षर भएको हो ।

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ, राष्ट्रिय भूमि आयोग अध्यक्ष केशव निरौला र बकैया गाउँपालिका मकवानपुरका अध्यक्ष दामोदर खनाल बिच कार्य सहमति पत्रमा हस्ताक्षर भएको रुपेन घलेले जानकारी दिए ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी