![](https://anirudrakhabar.com/wp-content/uploads/2023/11/IMG_7999-1-1024x527.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2023/11/IMG_7999-1-1024x527.jpg)
हेटौंडा । बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले चाडपर्वलाई प्रगतिशिल ढंगले मनाउन आग्रह गरेकी छिन् । अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरद्वारा हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मन्त्री मोक्तानले चाडपर्व सरल र सहज तरिकाले मनाउनुपर्ने बताइन् ।
अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरको आयोजनामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेम बहादुर पुलामी छिन्तु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओबादी केन्द्र मकवानपुर संयोजक शर्केश घलान, सचिब भिम पाख्रीन, अखिल क्रान्तिकारी केन्द्रिय सचिब रोशन थापा मगर, बागमती प्रदेश सचिब रामकृष्ण सिवाकोटी, मकवानपुर अध्यक्ष श्रवण कुमार बर्तौला, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य ध्रुबराज ढकाल, बागमती प्रदेश महासचिव ध्रुब अधिकारी, वाईसियल मकवानपुर अध्यक्ष लवराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।
अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरका अध्यक्ष अनिल बसेलको सभाध्यक्षतामा भएको कार्यक्रम अखिल क्रान्तिकारी मकवानपुरका कोषाध्यक्ष बुद्धराज अर्यालले सञ्चालन गरेका थिए ।
अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ताका सदस्य सुजन सिलवालले स्वागत गरेको कार्यक्रममा विद्यार्थी संगठन लगायत अन्य संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्