हेटौंडा । नेपाल जेसीजको ४८ औं महाधिवेशनमा रश्मि बस्नेत राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन् ।

पोखरा जेसीजको आतिथ्यमा भएको महाधिवेशन अन्तर्गत उपाध्यक्ष पदमा एक मात्र महिलाको रुपमा उम्मेदवारी दिएकीे बस्नेतले पाँचौं सर्वाधिक मत ल्याएर विजयी भएकी हुन् । नेपाल जेसीजको अध्यक्षमा लालमणि भण्डारी चयन भए ।

१२ जना उपाध्यक्षका लागि १९ जना उम्मेदवारहरुका बीच प्रतिस्पर्धा भएको थियो । मतदानमा कुल १ हजार २ सय ६८ मत खसेको थियो भने बस्नेतले ९ सय ३३ मत प्राप्त गरेकी थिइन् । बस्नेत हेटौंडा लेडी जेसीज वर्ष २०१२ को अध्यक्ष र वर्ष २०२१ को प्रमुख सल्लाहकार रहेकी थिइन् ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी