हेटौंडा । हेटौंडा–८ मा भएको वडा कार्यालय तोडफोड प्रकरण वडा कार्यालय तथा गठबन्धन दलविच सहमति भएसँगै टुङ्गिएको छ ।

वडा कार्यालय तोडफोड गरेको भन्दै वडाध्यक्ष गोपाल बहादुर श्रेष्ठले वडाको लेटरप्याडमा दोषी उपर कारवाही गरिपाउँ भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए ।

त्यसैगरी नेपाली कांग्रेस,माओवादी केन्द्र,नेकपा (एस ) तथा जसपाले संयुक्त रुपमा वडाध्यक्षले अपशब्द प्रयोग गरेको,तुच्छ शब्द प्रयोग गरेर गालिगलोच गरेको भन्दै गठबन्धन दलले वडाध्यक्ष श्रेष्ठ विरुद्ध मुद्दा दर्ताको तयारी गरेको थियो ।

आइतबार गठबन्धन दलका शीर्षस्थ नेता तथा वडा अध्यक्ष श्रेष्ठ विच जिल्ला प्रहरी कार्यालयमा सहमति भएपछि तिन दिन देखीको विवाद टुङ्गिएको नेपाली कांग्रेस हेटौडा–८ का सभापति भूपेन्द्र कोइरालाले जानकारी दिए ।

वडाध्यक्ष श्रेष्ठले दिएको उजुरीको आधारमा प्रहरीले घटनामा संलग्न भएको भन्दै नेकपा एस हेटौंडा–८ का अध्यक्ष बैकुण्ठ सापकोटालाई नियन्त्रणमा लिएको थियो। विवाद टुङ्गिएसँगै नियन्त्रणमा रहेका सापकोटा रिहा भएका छन।वार्तामा वडाध्यक्ष श्रेष्ठले आफूबाट पनि कमी कमजोरी भएको भन्दै सच्चिने बताएको र गठबन्धन दलले पनि वडा अध्यक्षसँग थप समन्वय गरेर आगामी दिनमा आगाडी बड्ने बताएपछि सहमतिमा विवाद टिङगिएको वार्तामा सहभागी नेकपा एस मकवानपुर अध्यक्ष श्रीधर पोखरले बताए ।
साभार प्रष्ट खबर