हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको एकदिने प्रशिक्षण मंगलबार हेटौंडामा भएको छ ।

“घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान अन्र्तगत कांग्रेस बागमती प्रदेशले आफ्ना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसिसिको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोख्रेल, राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटा र कांग्रेसका प्रशिक्षक रामबहादुर लामाले प्रशिक्षण दिएको कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।

सभापति बानियाँले एमसिसि बारे कम्युनिष्टले फैलाएको भ्रमलाई चिर्दै आम मतदातामा कांग्रेसको विचार र सिद्धान्त तथा आफूले गरेका राम्रो कामको प्रचार गर्न लाग्नुपर्ने बताए । सभापति बानियाँले प्रशिक्षणबाट सिकेको कुरा आफू प्रतिनिधि भएको जिल्लाको टोलटोलमा गई आउँदै गरेको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न मतदातालाई बुझाउनसमेत निर्देशन दिए ।