हेटौंडा । नेकपा एमाले मकवानपुरका मनोनित जिल्ला कमिटी सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मंगलबार हेटौंडा–५ स्थित पार्टी कार्यालयमा उनीहरुले सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका थिए ।

जिल्ला अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको भएको सपथ ग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, संविधानसभा सदस्य अनन्त पौडेल तथा राष्ट्रियसभा सदस्य रामचन्द्र राईको उपस्थिति रहेको थियो । एमालेले जिल्ला सदस्यमा २७ जनालाई मनोनित गरेको थियो ।