हेटौंडा । नेपाली कांग्रेस हेटौडा नगर कार्य समिति कोषाध्यक्ष सहित १७ जना सदस्यमा मनोनीत  गरिएको छ । नेपाली कांग्रेस, हेटौडा नगर समितिको शुक्रबार सम्पन्न तेस्रो भेलाबाट नगर कोषाध्यक्षमा कुलप्रसाद चौलागाईं चयन भएका छन्।

त्यसैगरी भेलाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट हेटौंडा उपमहानगरमा क्षेत्रमा पर्ने विकास निर्माण र अन्य योजनाहरू समेटेर निर्वाचन घोषणापत्र  तयार गर्न कृष्ण प्रसाद दाहालको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति र व्यवस्थापन समिति गठन गरेको छ । समितिको सह-संयोजकमा राजाबाबु पहाडी र व्यवस्थापन समितिमा नगर सभापति उत्सव इटेनीको संयोजकत्वमा ८ सदस्य रहेका छन् ।

शुक्रबारको भेलाले आगामी स्थानीय तहको निर्वाचनको हेटौंडा नगरमा निर्वाचन सम्बन्धी कार्यको अनुगमन तथा सहजीकरण गर्न सभापति उत्सव इटेनीलाई हेटौंडा-११, १३, १९, ७, ९, उपसभापति रामकृष्ण कोइरालालाई वडा नम्बर १६ र १७, उपसभापति  डोल्मा स्याङ्बोलाई वडा नम्बर ५ र ६ सचिव सविन न्यौपानेलाई वडा नम्बर १ र १०, सचिव हर्क रत्न लामालाई वडा नम्बर ८, १३, १४, १५, सहसचिव विकास बानियाँलाई वडा नम्बर २ र १८ र सह-सचिव निगमलाल श्रेष्ठलाई वडा नम्बर ४ र १२ को प्रतिनिधि चयन गरेको कांग्रेस हेटौंडा नगर सचिव सविन न्यौपानेले बताएका छन् ।

त्यसैगरी आजको भेलाले कांग्रेसको बिधानको दफा ५ को उपदफा क र ख बमोजिम सभापति उत्सव इटेनी, उपसभापति रामकृष्ण कोइराला, उपसभापति डोल्मा स्याङ्बो, सचिव सविन न्यौपाने, सचिव हर्क रत्न लामा, कोषाध्यक्ष कुलप्रसाद चौलागाई, सहसचिव विकास बानियाँ, सह-सचिव निगमलाल श्रेष्ठ सहित २४ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ ।

त्यसैगरी कांग्रेस हेटौंडानगरको आज भएको तेस्रो भेलाले सल्लाहकारमा महेन्द्र राउत, विजेन्द्र अग्रवाल र प्रेस सल्लाहकारमा प्रेस युनियन मकवानपुरका महाधिवेशन प्रतिनिधि सुनिल शिवाकोटीलाई मनोनीत गरेको सचिव न्यौपानेले जानकारी दिएका छन् ।