हेटौंडा । कमल थापा नेतृत्वको राप्रपा नेपालको अध्यक्षमा गुरु प्रसाद सापकोटा चयन भएका छन् ।

हेटौंडामा भएको राप्रपा नेपाल,मकवानपुरको घोषणा सभामा बोल्दै वर्तमान अध्यक्ष अर्जुन ढुङ्गनाले जिल्लामा राप्रपालाई अघि बढाउन सापकोटाको नेतृव्व आवश्यक रहेको बताउँदै अध्यक्षमा सापकोटाको नाम घोषणा गरेका हुन् ।

सभामै राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाले सर्वसम्मत चयन भएका सापकोटालाई पार्टीको माईनेट र झण्डा हस्तान्त्रण गरेका थिए ।

यसअघि, सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष रहेका थिए । उनले केहिदिन अघि मात्रै राप्रपा भित्र सैद्धान्तिक विचलन देखिएको भन्दै साधारण सदस्य समेत नरहने गरि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।