हेटौंडा । राजेन्द्र लिङ्देल नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको विशेष बैठकले राप्रपा मकवानपुरको अध्यक्षमा शिवराम थापालाई चयन गरेको छ ।

राप्रपा मकवानपुरका पूर्व अध्यक्ष गुरुप्रसाद सापकोटा लगायत नेता कार्यकर्ताहरुले कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेपछि राप्रपा मकवानपुरको विशेष बैठक बसेर थापालाई अध्यक्षमा चयन गरेको हो ।

सापकोटासहित केही नेताहरुले पार्टीभित्र पछिल्लो समय सैद्धान्तिक बिचलन आएको, पार्टीमा बढ्दै गएको पूर्वाग्रही सोच, चिन्तन र संकीर्णताबाट पार्टी अगाडि बढ्न नसक्ने भन्दै पार्टीबाट राजिनामा दिएका थिए ।