![](https://anirudrakhabar.com/wp-content/uploads/2022/04/277537176_4551279438311749_8443327518831868201_n.jpg)
हेटौंडा । एमाले निकट राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स) मकवानपुरको अध्यक्षमा रामचन्द्र न्यौपाने चयन भएका छन् ।
बिहीबार भएको मानवअधिकार एलायन्सको छैठौं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राधिका चौलागाई, सचिवमा सम्राट सिलवाल, कोषाध्यक्षमा विवश अधिकारी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रविण गौतम, नवराज पौडेल, कुमारी वाइवा, चन्द्रावती पनेरु, सुमित्रा श्रेष्ठ, मनिषा धले गुरुङ र कमला कार्की चयन भएका छन् । कमिटीमा थप ४ जना भने पहिलो बैठकबाट मनोनयन गरिने अध्यक्ष न्यौपानेले बताए । मानवअधिकार एलायन्स मकवानपुरका अध्यक्ष तुलसी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता थियो ।
प्रतिक्रिया दिनुहोस्