हेटौंडा । नेकपा एमाले मकवानपुरले हेटौंडाको मेयर र उपमेयर पदका लागि १६ जनाको नाम सिफारिस गरेको छ ।

एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि मेयरमा ९ जना र उपमेयरमा ७ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि बर्तमान मेयर हरिबहादुर महत, एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर राना, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, रघुनाथ खुलाल,अनन्त पौडेल,मदन दाहाल,ध्रुव चौलागाईं, विके महर्जन,गणेशकुमारी प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।