कास्की । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेश, कास्की जिल्ला माछापुच्छ्रे« गाउँपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा कृष्ण प्रसाद दवाडीलाई नै अध्यक्षको उम्मेद्वार बनाउने सर्वसम्वत् निर्णय गरेको छ ।

नेकपा एमालेको वडा भेलाले दवाडीलाई नै वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्वत निर्णय गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भई दवाडीले वडा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन । वडा अध्यक्षका लागि १३ जना आकांक्षी रहेपनि दवाडीका नाममा सवैको सहमति जुटेको एमाले जिल्ला कमिटी सदस्य एवं गाउँपालिका इन्चार्ज महेश्वर दवाडीले जानकारी दिए । एमालेको उम्मेदवार चयन मापदण्डमा तीन जना सिफारिस गर्न सकिने भएपनि दवाडीको एकल नाममा सर्वसम्मत भएपछि उनी उम्मेदवार बन्ने निश्चित भएको हो ।

वडा अध्यक्ष समेत रहेका दवाडीले वडावासीहरु संग गरेका वाचाहरु लभग पुरा गरेको बताए । उनले केही अधुरा कामहरु रहेकाले अघिल्लो निर्वाचनमा जस्तै यसपाली पनि जनताले बिश्वास गरे अधुरा कामहरु पुरा गर्ने बताए । उनले वडाको विकास र वडावासीहरुको जीवनमा हेर्दा देखिने र छाम्दा भेटिने गरि विकास गर्ने प्रतिवद्धता जनाए । उनी युवा तथा यहाँका जनताले रुचाएका र जनजनको मनमा बस्न सफल वडा अध्यक्ष पनि हुन ।