हेटौंडा । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को प्रथम हेटौंडा नगर अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेको जनवर्गीय संगठन नेपोनको हेटौंडा अध्यक्षमा भक्त बहादुर केसी सर्वसम्मत चयन भएका हुन ।

शनिबार हेटौंडा–५ मा भएको अधिवेशनबाट केसीको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिवमा तीर्थ कुमारी खड्का, कोषाध्यक्षमा दुर्गा महत तथा उपसचिवमा राजु चौलागाई रहनुभएको छ । हालका लागि पदाधिकारीहरुसहित २२ सदस्य चयन गरिएको छ भने बाँकी ९ जना सदस्यहरु सबै क्षेत्रबाट समेटिने गरी मनोनित गरिने अध्यक्ष केसीले जानकारी दिए ।

नेपोन मकवानपुरका जिल्ला उपाध्यक्ष तथा हेटौंडा नगर इन्चार्ज रामकेदार बस्नेतको सभाध्यक्षतामा भएको नगर अधिवेशनमा नेकपा एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एमाले प्रदेश सदस्य सम्राट तुम्बाहाम्फे, नेपोनका केन्द्रिय सचिव सुधिर थापा, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य इश्वर ढुङ्गाना, जिल्ला सदस्य सन्तोष पौडेल, सरस्वती दाहाल, पार्टी नगर अध्यक्ष सालिकराम पुडासैनी, नेपोन मकवानपुरका जिल्ला अध्यक्ष शिव थापा लगायतकाको आतिथ्यता रहेको थियो ।